दमाैली । तनहुँमा दिनप्रतिदिन डेङ्गुबाट सङ्क्रमित हुने क्रम बढेको छ । पछिल्लो दुई दिनको अवधिमा जिल्लामा एक सय आठ डेङ्गु सङ्क्रमित थपिएका छन् । बुधबारसम्म नौ सय ७४ सङ्क्रमित रहेकामा आज एक हजार ८२ सङ्क्रमित पुगेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी सुदीप कंडेलले आँबुखैरेनी गाउँपालिकामा बढी सङ्क्रमित रहेको जानकारी दिए। कूल सङ्क्रमितमध्ये आठ सय १३ जना आँबुखैरेनीमा मात्रै रहेको कंडेलले बताए ।
कंडेलका अनुसार व्यास नगरपालिकाका ८७, शुक्लागण्डकी नगरपालिकाका एक सय २०, भिमाद नगरपालिकाका चार, म्याग्दे गाउँपालिकाका सात, बन्दीपुर गाउँपालिकाका ५१ जनामा डेङ्ग सङ्क्रमण पुष्टि भएको छ ।