तनहुँमा एसइइको पुरक परीक्षाको उत्तरपुस्तिका परीक्षण तयारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा एसइइको पुरक परीक्षाको उत्तरपुस्तिका परीक्षण तयारी

    खबरपुञ्ज संवाददाता

    ३२ श्रावण २०८१, शनिबार

    दमौली । तनहुँमा एसइइको पुरक परीक्षाको उत्तरपुस्तिका परीक्षणको तयारी गरिएको छ। साउन २३ बाट सुरु भई ३१ गते सकिएको पुरक परीक्षाको तनहुँ परीक्षण केन्द्रमा प्राप्त उत्तर पुस्तिका परीक्षणका लागि आज प्याकेट तयार गर्ने काम हुने शिक्षा विकास तथा समन्वय इकाई तनहुँले जनाएको छ।

    सम्भव भएसम्म आजबाटै परीक्षण सुरु गर्ने तयारी रहेको इकाई प्रमुख उद्धवराज कट्टेलले जानकारी दिए । नियमित जस्तै पुरक परीक्षाको उत्तरपुस्तिका समेच बाल मन्दिरमा परीक्षण गरिने उनले बताए ।

    उनले भने, ‘ हाम्रो लक्ष्य माध्यमिक तहमा अध्यापनरत सकेसम्म वरिष्ठतम शिक्षकहरूबाट परीक्षण गराउने रहेकोले त्यस्ता शिक्षकहरू आइदिनु हुन अनुरोध गर्दछु ।’ उनका अनुसार विज्ञान, गणित र अंग्रेजी विषयका आठ/दस प्याकेट हुनेबाहेक अन्य विषयका एकदुई प्याकेटमात्र हुनेछन् ।