गण्डकी प्रदेश मातहत तनहुँ कार्यालयका प्रमुख तथा कर्मचारी सरुवा (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गण्डकी प्रदेश मातहत तनहुँ कार्यालयका प्रमुख तथा कर्मचारी सरुवा (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    ३२ श्रावण २०८१, शनिबार

    दमाैली । गण्डकी प्रदेश सरकार मातहत तनहुँ जिल्लाका विभिन्न कार्यालयका प्रमुख तथा कर्मचारीको सरुवा भएको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को कार्यालयले जिल्लाका विभिन्न कार्यालयका प्रमुख तथा कर्मचारीको सरुवा तथा काजफिर्ता गरेको हो ।

    शिक्षा तालिम केन्द्र तनहुँका प्रमुख उपसचिव नेपालहरि रानाभाटको गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखरामा सरुवा भएको छ ।

    पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यको पूर्वाधार विकास कार्यालय नवलपुरमा सरुवा भएको छ । शहरी विकास तथा भवन डिभिजन कार्यालय कास्कीबाट कृष्ण रविन्द्र तिवारीको पूर्वाधार विकास कार्यालय तनहुँको प्रमुखमा सरुवा भएको छ ।

    सामाजिक विकास कार्यालय तनहुँका प्रमुख विक्रम सुवेदीको प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश पोखरामा सरुवा भएको छ । शिक्षा तालिम केन्द्र तनहुँका शाखा अधिकृत विदुरहरि आचार्यको सामाजिक विकास कार्यालय तनहुँमा सरुवा भएको छ ।

    यातायात व्यवस्था कार्यालय डुम्रेका सहायक (पाँचौ) विष्णुहरि धितालको सामाजिक विकास कार्यालय गोरखामा सरुवा भएको छ । पूर्वाधार विकास कार्यालय तनहुँका छैटौ अधिकृत भगवान लामिछानेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँमा सरुवा भएको छ ।

    जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालय तनहुँका छैटौ अधिकृत हरिप्रसाद लामिछानेको पूर्वाधार विकास कार्यालय तनहुँमा सरुवा भएको छ ।

    यातायात व्यवस्था कार्यालय डुम्रेका कम्प्युटर अधिकृत रामकृष्ण श्रेष्ठको आर्थिक मामिला मन्त्रालय गण्डकी प्रदेशमा सरुवा भएको छ ।

    यातायात व्यवस्था कार्यालय डुम्रेका कमला द्वारेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा काज फिताए भएको छ ।