दमौली । तनहुँ सुनचाँदी व्यवसायी संघको अध्यक्षमा हरि गहतराज सर्वसम्मत चयन भएका छन् । संघको शनिबार सम्पन्न आठौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट गहतराजको अध्यक्षतामा नयॉ कार्यसमिति चयन भएको छ ।
जसको वरिष्ठ उपाध्यक्षमा पदम सुनार, प्रथम उपाध्यक्षमा लुद्रवीर विक, द्वितीय उपाध्यक्षमा भीम गौतम, महासचिवमा पूर्ण विक, सचिवमा हेमलाल विक, कोषाध्यक्षमा राजेन्द्र सुनार, सहकोषाध्यक्षमा बुद्धिबहीदुर सुनार र प्रवक्तामा दिपक विक चयन भएका छन् ।
यसैगरी संघको सदस्यहरूमा केशर बराली, नेत्र विक, समर सुनार, सुनिल अधिकारी, हरिचन्द्र विक, शैलेश विक र ऋषि विक चयन भएका छन् ।