सुनको मूल्यमा नयॉ किर्तीमान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सुनको मूल्यमा नयॉ किर्तीमान

    खबरपुञ्ज संवाददाता

    १ भाद्र २०८१, आईतवार

    काठमाडौं । एकैदिन सुनको भाउ तोलामा ३ हजार रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ रहेकोमा आज १ लाख ५२ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

    यो मूल्य हालसम्मकै उच्च हो । यसअघि साउन ३० गते सुनको भाउमा १ लाख ५० हजार ५ सय रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो ।

    चाँदीको भाउ भने तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १७४० रुपैयाँ रहेको चाँदी आज १७६० रुपैयाँ कायम भएको छ ।