मुग्लिन पोखरा सडक : दमौली बजारका घर हटाउने प्रक्रिया अगाडी बढाइने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मुग्लिन पोखरा सडक : दमौली बजारका घर हटाउने प्रक्रिया अगाडी बढाइने

    खबरपुञ्ज संवाददाता

    १ भाद्र २०८१, आईतवार

    दमौली । निर्माणाधीन मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत दमौली बजारका घरहरु हटाउने प्रक्रिया अगाडी बढाउने निर्णय गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा आइतबार बसेको सरोकारवालाको बैठकले छ दिनभित्र सकिने गरी नाप अनुसार भत्काउनुपर्ने घर हटाउनका लागि प्रक्रिया अगाडी बढाउने निर्णय गरेको हो ।

    व्यास नगरपालिका–२, ३ र ४ को बजार क्षेत्रमा विद्युत पोल गाड्ने, नाला निर्माण गर्ने कार्यमा केही घरहरु भत्काउन बाँकी रहेकाले सडकको केन्द्रविन्दु, सम्बन्धित वडाध्यक्ष, नगरपालिकाका प्राविधिक, सडक आयोजनाका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिको रोहबरमा छ दिनभित्र सकिने गरी नाप अनुसारको भत्काउनुपर्ने घर हटाउने प्रक्रिया अगाडी बढाउने निर्णय भएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

    बैठकले सडक निर्माण गर्दा क्रसिङको माग ज्यादा भएकाले सुरक्षा र सम्भावनालाई मध्यनजर गरी सो सम्बन्धमा आयोजनाबाट तत्काल सम्बोधन गर्ने निर्णय भएको न्यौपानेले बताए । उनका अनुसार भत्काउने घरहरूको मुआब्जा प्राप्त नभएको गुनासो आएकाले मुआब्जा प्राप्त गर्नुपर्ने घरहरूलाई तत्काल मुआब्जा उपलब्ध गराउने र घर भत्काई निर्माण सम्पन्न भएका घरहरूको दोस्रो किस्ता उपलब्ध गराउने निर्णय भएको छ ।

    त्यस्तै शाखा बाटाहरू र नाला निकासहरूलाई उपभोक्ता र सम्बन्धित वडा अध्यक्ष समेतको रोहबरमा आयोजनाले निर्माणकर्ता सँग समन्वय गरी आवश्यक प्रवन्ध गर्ने गराउने निर्णय भएको छ । बैठकले पृथ्वी राजमार्ग विस्तार अभियानलाई सहयोग पु¥याउन सम्बन्धित सबै पक्ष प्रतिवद्ध रही सम्पूर्ण सरोकारवालासँग सहयोगका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।