फुर्सदिला मुख्यमन्त्री पाण्डे !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    फुर्सदिला मुख्यमन्त्री पाण्डे !

    खबरपुञ्ज संवाददाता

    १ भाद्र २०८१, आईतवार

    दमौली । गण्डकी प्रदेशमा सरकार गठनको गॉठो फुकाउन गाह्रो भइरहेका बेला मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तनहुँमा आयोजित एक कार्यक्रममा पॉच घण्टासम्म बसेका छन् । केन्द्रमा एमाले र कांग्रेसको सरकार गठन भएपश्चात अन्य प्रदेशमा दुई दलको साझेदारमा सरकार पुनर्गठन भइसकेपनि गण्डकी प्रदेशमा भने सरकार पुनर्गठन हुन सकेको छैन ।

    सरकारमा रहेका दिपक मनाङे र फणिन्द्र देवकोटालाई हटाउन एमालेको माग र उनीहरुलाई हटाउन नचाहेका मुख्यमन्त्रीको अडानले सरकार गठनमा ढिलाई भएको छ ।

    सरकार पुनर्गठनको दबाबमा रहेका पाण्डे आइतबार भानु नगरपालिका-३ चाम्बासस्थित हिमालय माविको स्वर्ण महोत्सवमा सहभागी भएका छन् । १ बजे कार्यक्रम स्थल पुगेका उनले सॉझ ६ बजे सम्बोधन गरेका थिए ।

    त्यसक्रममा पाण्डेले प्रदेश सरकारलाई समृद्ध बनाउन पॉच खर्ब बजेट चाहिने बताए । तर प्रदेश सरकारको बजेट ३३ अर्ब मात्रै रहेको पाण्डेले सुनाए । अघिल्लो वर्षको तुलनामा यो वर्ष बजेट घटेको बताउँदै सीमित स्रोत साधनका बीचमा जनताका आवश्यकता पूरा गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

    सरकारले शिक्षा, स्वास्थ्य, रोजगारीलाई प्राथमिकता राखेको बताउँदै भने, ‘जनाताका आवश्यकता र चाहना धैरै छन् । सीमित स्रोत छन् । स्रोतभित्र रहेर जनताका आवश्यकता पूरा गर्नुपर्ने अवस्था छ ।’

    कार्यक्रममा प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी लगायतले सम्बोधन गरेका थिए ।