व्यास ४ प्रथम वडाध्यक्ष कप : क्वाटरफाइनल समिकरण पूरा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    व्यास ४ प्रथम वडाध्यक्ष कप : क्वाटरफाइनल समिकरण पूरा

    खबरपुञ्ज संवाददाता

    १ भाद्र २०८१, आईतवार

    दमाैली । व्यास युवा क्लवको आयोजनामा दमौलीमा जारी प्रथम वडाध्यक्ष कप खुल्ला व्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनल समिकरण पूरा भएको छ । शनिबारदेखि सुरु भएको व्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनल समिकरण पूरा भएको हो ।

    आइतबार भएको खेलमा बि लेभलतर्फ आयोजक टिमका बिपिन घले र बिमल कुमालको जोडीले शुक्लाका देव गुरुङ र हिमाल थापाको जोडीलाई सोझो सेटमा हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।

    दमौलीका पोट बहादुर सारु र विश्वास विकको जोडीले मिलीजुली व्याडमिन्टन क्लव पोखराका सरोज गुरुङ र भिसन श्रेष्ठको जोडीलाई सोझो सेटमा हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।

    त्यस्तै खैरेनीटारका सफल भुजेल र अश्विन मगरका जोडीले कडा प्रतिस्पर्धाका साथ जिल्ला प्रहरी कार्यलय तनहुँका लाल बहादुर थापा र छत्र थापाको जोडीलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।
    चितवन व्याडमिन्टन क्लबका सागर शर्मा र निशान गुरुङका जोडीले दमौलीका बुद्धि प्रधान र सागर थापाका जोडीलाई सोझो सेटमा हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।

    डि लेभलतर्फ आयोजक क्लवका राजु गुरुङ र बिक्रम दरैको जोडी जिल्ला प्रहरी कार्यालय तनहुँका टोपेन्द्र सिंजाली र सुमन सेढाईका जोडीलाई तेस्रो सेटमा हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।

    ऋषिङ १ झापुटारका अमर थापा र सबिर सारुको जोडी आयोजक क्लबका कर्ण गुरुङ र सुरेश गुरुङको जोडीलाई सोझो सेटमा हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।

    दमौलीका सर्जन थापा र समिर अधिकारीको जोडी ऋषिङ १ झापुटारका आयुष थापा र बिपिन आलेको जोडीलाई सोझो सेटमा हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।

    व्यास ५ चापाघाटका विनोद श्रेष्ठ र राज कुमार मानन्धरको जोडी व्यास १ का राम कृष्ण क्षेत्री र सन्दीप श्रेष्ठको जोडीलाई सोझो सेटमा हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।

    बि लेभलतर्फ २० र डि लेभलतर्फ २५ टिमको सहभागिता थियो । प्रतियाेगिताकाे सेमिफाइनल र फाइनल खेल साेमबार हुनेछ ।