दमौली । व्यास नगरपालिका अन्तर्गत बजार क्षेत्रमा फोहर उठ्न छाडेपछि जथाभाबी फालिएका फोहरलाई युवा अभियान्ता सुदीप गफ्फारले व्यवस्थित गर्न थालेका छन् ।
लामो समयदेखि नगरपालिकाले नकुहिने फोउर नउठाएपछि बजारका विभिन्न ठाउँमा फोहर उठ्न नसकेर डुंगुर बनेको छ । यत्रतत्र फालिएका फोहरले झनै दुर्गन्धित भएपछि उनले सोमबार फोहरलाई प्लाष्टिकमा राखेर व्यवस्थित गराइदिएका हुन् ।
उनले छिटो भन्दा छिटो फोहर व्यवस्थापनका लागि नगरपालिकालाई आग्रह गरेका छन् ।