दमाैली । व्यास नगरपालिका–४ स्थित व्यास युवा क्लवको आयोजनामा साेमबार सम्पन्न प्रथम वडाध्यक्ष कप व्याडमिन्टन प्रतियोगिताको उपाधि चितवनका सागर शर्मा र निशान गुरुङको जोडीले जितेको छ । वि लेभलतर्फ दमौलीका विपीन घले र विमल कुमालको जोडीलाई फाइनलमा हराउँदै चितवनका सागर र निशानले उपाधि जितेका हुन् ।
वि लेभलतफ दमौलीका पोटबहादुर सारु र विश्वास विकको जोडी तथा सफल भुजेल र आश्विन मगरको जोडी सान्त्वना भएको छ ।
जितसँगै प्रथम हुने जोडीले नगद रु ३० हजार, दोस्रो हुने जोडीले नगद रु १५ हजार र सान्त्वना हुने दुई जोडीले रु पाँच÷पाँच हजार नगद प्राप्त गरेको क्लवका अध्यक्ष मिनबहादुर गुरुङले जानकारी दिए ।
यस्तै डि लेभलतर्फको उपाधि झापुटारका सविर सारु मगर र अमर थापाको जोडीले जितेकोछ । फाइनलमा चापाघाटका राजकुमार मानन्धर र विनोद श्रेष्ठको जोडीलाई हराउँदै सविर र अमरको जोडी प्रथम भएको हो ।
उक्त लेभलतर्फ राजु गुरुङ र विक्रम दरै तथा सर्जन थापा र समिर अधिकारीको जोडी सान्त्वना भएको छ ।
डी लेवलतर्फ प्रथम हुनेले रु २० हजार, दोस्रो हुनेले रु दश हजार र सान्त्वना हुनेलाई रु तीन हजार पाँच सय प्रदान गरिएको छ ।
युवाहरुलाई खेलकुदमा अभिप्रेरित गर्ने, भएको प्रतिभालाई उजागर गर्ने उद्धेश्यसहित भदौ १ गतेदेखि प्रतियोगिता आयोजना गरिएको थियो ।