च्यवनधामको शिव महिमा धार्मिक महोत्सवमा २५ लाख संकलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    च्यवनधामको शिव महिमा धार्मिक महोत्सवमा २५ लाख संकलन

    खबरपुञ्ज संवाददाता

    ३ भाद्र २०८१, मंगलवार

    दमौली । शुक्लागण्डकी नगरपालिका-२ गाछेपानीस्थित मुक्तिनाथ च्यवनधामले साउन २१ देखि २८ गतेसम्म आयोजना गरेको शिव महिमा बोलबम धार्मिक महोत्सवमा रु २५ लाख संकलन भएको छ ।

    धार्मिक महोत्सवमा रु २५ लाख ७३ हजार नौ सय ५९ रुपैया दान संकलन भएको लेखा समिति संयोजक शिव गर्तौलाले जानकारी दिए । उक्त रकममा वागदान रु ५ लाख ७१ हजार ८५ रूपैयाँ रहेको छ । कार्यक्रम अवधिमा कुल १२ लाख २६ हजार ८१२ रूपैयाँ खर्च भएको जनाइएको छ ।

    च्यवन धाम सबै धर्मावलम्बीको साझा आस्थाको केन्द्र विन्दु रहेको धार्मिक महोत्सवका मूल समारोह समितिका संयोजक नारायण कुमार श्रेष्ठले बताए ।

    धाम समितिका अध्यक्ष होमनाथ लम्सालले सबैको सहयोगले धार्मिक महोत्सव सफल भएको बताए ।