दुर्घटनामा घाइते खेलाडीको उपचारमा सहयोग जुटाउँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दुर्घटनामा घाइते खेलाडीको उपचारमा सहयोग जुटाउँदै

    खबरपुञ्ज संवाददाता

    ४ भाद्र २०८१, बुधबार

    दमौली । मोटरसाइकल दुर्घटनामा घाइते भइ उपचाररत म्याग्दे गाउँपालिका-१ गुणादी निवासी मन्दिप आलेको उपचारका लागि फ्रेन्डसीप युवा क्लवले सहयोग जुटाउन थालेको छ ।

    गत साउन २८ गते बरचौरमा मोटरसाइकल दुर्घटनामा परी घाइते उनको आर्थिक अवस्था कमजोर रहेकाले क्लवको सक्रियतामा सहयोग जुटाउन थालिएको हो ।

    क्लवका गोलरक्षक आलेको टाउकोमा गम्भीर चोट लागि गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको क्लवका सचिव मिलन थापाले जानकारी दिए। उनले भने, ‘दुर्घटनाको यतिका दिनसम्म पनि उनी बोल्न, चल्न सक्ने अवस्थामा छैनन् । घरको आर्थिक अवस्था कमजोर रहेकाले सबैले थोरै थोरै सहयोग गरिदिए उनको उपचारमा सहयोग पुग्नेछ ।’

    सहयोगका लागि बैक विवरण
    Bank : Prime Bank Limited
    Damauli Branch
    Name: Man Kumari Ale
    Account : 114005501Y