दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार साँझ पहिरा खस्दा राजमार्ग अवरुद्ध भएको छ ।
मङ्गलबार रातिदेखि परेको वर्षाका कारण आज साँझ पहिरा खस्दा घाँसीकुवा डुम्रे सडकखण्ड अवरुद्ध भएको हो । पहिराका कारण दमौलीतर्फबाट डुम्रे जाँदै गरेको र डुम्रेबाट दमौली आउँदै गरेका सवारी साधन रोकिएका छन् ।
निर्माणाधीन मुग्लिन पोखरा सडक योजनाको निर्माण कम्पनी चिनियाँ कम्पनीको सहायतामा पहिरा हटाउने काम सुरु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।