पृथ्वीराजमार्गको घॉसीकुवामा पहिरो, वैकल्पिक मार्ग प्रयोग गर्न सकिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पृथ्वीराजमार्गको घॉसीकुवामा पहिरो, वैकल्पिक मार्ग प्रयोग गर्न सकिने

    खबरपुञ्ज संवाददाता

    ४ भाद्र २०८१, बुधबार

    दमौली। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ घॉसीकुवामा बुधबार सॉझ ५ बजे पहिरो जॉदा राजमार्ग अवरुद्ध भएको छ ।

    घॉसीकुवाको सडकमाथिबाट डॉडै खस्दा उक्त खण्ड दुईतर्फी रुपमा अवरुद्ध भएको हो । पहिरो हटाएर राजमार्ग पुन: सुचारु गराउन समय लाग्ने देखिएको छ ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपक रायले उक्त खण्डको विकल्पमा वैकल्पिक मार्ग प्रयोग गर्न सकिने बताए । उनका अनुसार दमौलीबाट तालघरे, रानीगाउँ निस्कन सकिन्छ भने घॉसीकुवाबाट रानीगाउँ तालघरे हुँदै दमौलीतर्फ आउन सकिन्छ ।