पृथ्वीराजमार्गको घाँसीकुवामा खसेको भीषण पहिरा भोलि बिहानबाट पन्छाइने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पृथ्वीराजमार्गको घाँसीकुवामा खसेको भीषण पहिरा भोलि बिहानबाट पन्छाइने

    खबरपुञ्ज संवाददाता

    ४ भाद्र २०८१, बुधबार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज साँझ ५ बजे खसेको भीषण पहिरा भोलि बिहानबाट मात्रै पन्छाइने भएको छ । पहिरा ठूलो रहेको र थप जोखिम रहेकाले बिहानबाट मात्रै पहिरा हटाउने काम हुने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    थप पहिरा खस्ने सम्भावना रहेकाले सुरक्षाका कारण बिहानबाट मात्र काम हुने प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए । उनले खबरपुञ्जसँग भने, “पहिरा पन्छाउन समय लाग्छ । रातिको समयमा काम गर्दा जोखिम भएकाले आज काम हुँदैन ।”

    सडकभन्दा माथिबाट डाँडै खस्दा उक्त खण्ड दुईतर्फी अवरुद्ध भएको छ । सडकमाथिबाट खसेको पहिरा सडकमुनि रहेको बुल्दीखोलासम्म पुगेको छ ।

    पृथ्वीराजमार्गको सट्टामा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको रायले बताए। साना सवारी साधनलाई दमौलीबाट तालघरे हुँदै रानीगाउँ निस्कन तथा घॉसीकुवाबाट रानीगाउँ तालघरे हुँदै दमौलीतर्फ आउन सकिने गरी सूचना प्रवाह गरेका छौ । ठूला सवारी साधनलाई भने लमजुङ हुँदै तनहुँको डुम्रेतर्फ निस्कने बाटो प्रयोग गर्न आग्रह गरिएको छ ।