दमौली । तनहुँको व्यास नगरपालिका-१२ घॉसीकुवामा पहिरोले बाटो अवरुद्ध भएपछि बिरामीलाई अस्पतालसम्म जान समस्या भएमा युवा अभियान्ता सुदीप गफ्फारले बाइकमा सेवा दिने भएका छन् ।
पहिरोको कारण कम सवारी साधन चल्ने र त्यसमाथि बिरामीलाई समस्या हुन सक्ने कारणले गफ्फारले त्यस्ता व्यक्तिहरुलाई बाइकमा सेवा दिने बताएका छन् ।
पृथ्वीराजमार्ग बन्द भएपछि वैकल्पिक मार्गको रुपमा घॉसीकुवा-रानीगाउँ-तालघरे हुँदै दमौलीसम्म सवारी साधन सञ्चालनको व्यवस्था मिलाइएपनि बाटो सॉघुरो र चापका कारण धेरै बेर रोकिनुपर्ने अवस्था छ । उनले खबरपुञ्जसँग भने, ‘असक्त बिरामी कोहीलाई समस्या परे म सेवा दिनेछु ।’