यसरी हटाइँदैछ पृथ्वी राजमार्गको घाँसीकुवा पहिरो (तस्बिर सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    यसरी हटाइँदैछ पृथ्वी राजमार्गको घाँसीकुवा पहिरो (तस्बिर सहित)

    खबरपुञ्ज संवाददाता

    ५ भाद्र २०८१, बिहीबार

    दमाैली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ घाँसीकुवामा खसेको पहिरो पन्छाउने काम भइरहेको छ। बुधबार दिउँसो खसेको पहिरोले पृथ्वी राजमार्ग दुवैतर्फ अवरूद्ध छ।

    पहिरो गएको स्थलमा नेपाली सेना पनि परिचालन गरिएको छ।  व्यास नगरपालिका वडा नम्बर ५ चापाघाटस्थित कालीभञ्जन गण (इ) का सेनाले पहिरोसँगै खसेका रूख काट्ने काम गरिरहेका छन्।

    May be an image of 2 people and road

    जिल्ला प्रहरी कार्यालय तनहुँले सूचना निकालेर पहिरोले पृथ्वी राजमार्गको घाँसीकुवा खण्ड अवरूद्ध रहेकोले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

    May be an image of 3 people and tree
    May be an image of 2 people and tree

    साना तथा मझौला सवारी साधनलाई तालघरे-दरैपधेरा हुँदै घाँसीकुवा सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको हो। साथै घाँसीकुवा-पोल्याण्ड, रानीगाउँ हुँदै तालघरे सडक प्रयोग गर्न भनिएको छ।

    हेभी सवारी साधनलाई डुम्रे-वेशीसहर लमजुङ सडकखण्ड हुँदै पोखरा पुग्न प्रहरीको आग्रह छ। घाँसीकुवा पहिरो हटाउन बिहीबार दिनभरजसो लाग्ने अनुमान गरिएको छ।