दमाैली । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी तनहुँकाे अध्यक्षमा निर्दाेष भट्टराई चयन भएका छन् । दमाैलीमा बिहीबार सम्पन्न २३ औ जिल्ला सम्मेलनबाट भट्टराईकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन भएकाे हाे ।
सम्मेलनबाट उपाध्यक्षमा निशान मगर, सुसुम गुरुङ, सचिवमा प्रमिला पाटा मगर, सहसचिवमा दिपेक विक, प्रमिशा शाही ठकुरी, दिपेश विक, काेषाध्यक्षमा सुष्मा गुरुङ चयन भएका छन् ।
अखिल क्रान्तिकारी तनहुँका अध्यक्ष मिलन महतकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष नारायण खनाल, माओवादी केन्द्रका केन्द्रीय सदस्य आशा कोइराला, माओवादी तनहुँ अध्यक्ष मदन आले लगायतले मन्तव्य राखेका थिए ।