स्थानीय तह संस्थागत स्वमूल्याङ्कन : व्यास नगरपालिका जिल्लामा तेस्राे, नगरपालिकामध्ये उत्कृष्ट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    स्थानीय तह संस्थागत स्वमूल्याङ्कन : व्यास नगरपालिका जिल्लामा तेस्राे, नगरपालिकामध्ये उत्कृष्ट

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०८१, शुक्रबार

    दमौली । स्थानीय तह संस्थागत स्वमूल्याङ्कनमा तनहुँको व्यास नगरपालिका जिल्लामा तेस्राे भएको छ । सङ्घीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयले सार्वजनिक गरेको अन्तिम मूल्याङ्कन अनुसार आर्थिक वर्ष २०७९÷८० को प्रतिवेदनमा व्यास नगरपालिका जिल्लामा तेस्राे भएकाे हाे ।

    पहिलाेमा आँबुखैरेनी र दाेस्राेमा म्याग्दे गाउँपालिका छन् । चार नगरपालिकामध्ये व्यास भने पहिलाे भएकाे छ ।

    नगरपालिकाले कूल एक सय अङ्कमध्ये ८२.५० अङ्क प्राप्त गरेकाे छ ।

    शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वयका सूचकका आधारमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुको संस्थागत क्षमता मूल्याङ्कन गरेकाे हाे ।