ऑबुखैरेनीको मर्स्याङ्दीमा बस खस्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीको मर्स्याङ्दीमा बस खस्यो

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०८१, शुक्रबार

    दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको ऑबुखैरेनी-४ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेको छ । 
    पोखराबाट काठमाडौ जॉदै गरेको भारतीय नम्बर प्लेटको बस आज सडकबाट नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक वीरेन्द्रबहादुर शाहीले प्रहरी टोली घटनास्थलमा पुगिसकेको जानकारी दिए । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको उनले बताए ।