आँबुखैरेनीमा दुर्घटनामा परेका बसमा सबै भारतीय यात्रु (नामावली)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा दुर्घटनामा परेका बसमा सबै भारतीय यात्रु (नामावली)

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०८१, शुक्रबार

    दमाैली । तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङदी नदीमा खसेको बसमा ४१ जना यात्रु रहेको खुलेको छ। पोखराबाट काठमाडौँ हिँडेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस दुर्घटना शुक्रबार दुर्घटनामा परेको थियो। 

    उक्त दुर्घटनाग्रस्त बसमा चालक र सहचालकसहित ४१ जना यात्रु रहेको प्रहरीले जनाएको छ। चालक र सहचालकको नाम खुलिसकेको छैन।

    उक्त बसका यात्रुहरू भारतको गोरखपुरबाट आएको प्रहरीले जनाएको छ।

    उनका अनुसार, पोखराको मझेरी रिसोर्टमा बसेर यात्रुहरू बिहानै काठमाडौँतिर लागेका थिए।