आँबुखैरेनी दुर्घटना : मृतकको सङ्ख्या २७ पुग्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनी दुर्घटना : मृतकको सङ्ख्या २७ पुग्यो

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०८१, शुक्रबार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा आज भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ ।

    पोखराबाट काठमाडौतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खस्दा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २७ जना पुगेको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले खबरपुञ्जलाई जानकारी दिए ।

    २६ जनाको आँबुखैरेनी अस्पतालमा मृत्यु भएको हो भने एक जनाको चितवनस्थित अस्पतालमा मृत्यु भएको प्रजिअ गौतमले बताए ।

    आँबुखैरेनी अस्पतालमा १५ महिला र ११ पुरुषको मृत्यु भएको छ भने चितवनमा एक बालकको मृत्यु भएको हो । आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव अस्पतालमै रहेको प्रजिअ गौतमले जानकारी दिए ।

    दुर्घटनामा घाइते भएका १६ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौ थप उपचा गर्न लगिएको छ ।

    बसमा चालक र सहचालकसहित ४३ जना सवार रहेको खुलेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।