दमौली । लायन्स क्लव अफ तनहुँ दमौलीले व्यास-५ मानुङकोटमा शनिबार स्वागतबोर्ड राखेको छ ।
क्लवले ‘एट दि टप अफ दि मानुङ १०८० मिटर’ लेखिएको स्वागत बोर्ड राखेको हो ।
यो बोर्डले डाँडाको उचाइलाई चिन्हित गर्दै पर्यटकलाई आकर्षित गर्नका लागि महत्त्वपूर्ण भूमिका खेल्ने क्लवको दावी छ ।
संस्थाका संस्थापक अध्यक्ष राजकुमार श्रेष्ठ ‘राकु’ले उक्त बोर्डको महत्त्वबारे प्रकाश पार्दै यसले स्थानको पर्यटन विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
क्लवका अध्यक्ष रनिल रोकाले मानुङकोट पर्यटकीय गन्तव्यस्थल बन्दै गएकाले यसको प्रबर्धनमा सघाउने बताए।