मर्स्याङ्गदी नदीमा खसेको बस १० मिटर बाहिर ल्याइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    मर्स्याङ्गदी नदीमा खसेको बस १० मिटर बाहिर ल्याइयो

    खबरपुञ्ज संवाददाता

    ७ भाद्र २०८१, शनिबार

    दमौली । तनहुँको ऑबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहराबाट मर्स्याङ्गदी नदीमा खसेको भारतीय यात्रुवाहक बसलाई शनिबार क्रेनको सहायताले नदिबाट १० मिटर बाहिर ल्याइएको छ । सशस्त्र प्रहरी बल नेपाल नं.२३ मनकामना गण भानु तनहुँ र बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट शनिबार सशस्त्र प्रहरी निरिक्षकको कमान्डमा गएको ५२ जनाको सुरक्षा फौजले बसलाई पानी बाहिर निकालेको हो ।

    बस निकाल्नको लागि दमौलीबाट प्राईभेट क्रेन प्रयोग गरिएको थियो । पानीबाट बाहिर निकाले पनि अप्ठ्यारो जमिनका कारण सडक सम्म निकाल्न सकिएको छैन । आइतबार पनि बस निकाल्ने कार्य जारी रहने छ। शुक्रबार पोखराबाट काठमाडौँ आउँदै गरेको भारतीय यात्रुबाहक बस दुर्घटना हुँदा २७ जनाको मृत्यु र १६ जना घाइते भएका थिए । शनिबार भारतीय एयर फोर्सको जहाजले चितवनबाट शव लिएर स्वदेश फर्किएको छ । घाइतेहरुको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।