व्यास नगर साइनिङ स्टारको उपाधि सलिष्मालाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगर साइनिङ स्टारको उपाधि सलिष्मालाई

    खबरपुञ्ज संवाददाता

    ८ भाद्र २०८१, आईतवार

    दमौली । जेसीआई व्यास नगरले आयोजना गरेको व्यास नगर साइनिङ स्टारको उपाधि सलिष्मा जिसीले जितेकी छ । शनिबार राति सम्पन्न फाइनलमा १९ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् ।

    प्रतियोगितामा सगुन पौडेल फस्ट रनर अप र समृद्धि आचार्य सेकेन्ड रनर अप घोषित भएका छन् ।

    उपाधि जित्न सफल जिसीले नगद रु २५ हजार २४, फस्ट रनर अप पैडेलले रु १५ हजार २४ र सेकेन्ड रनर अप आचार्यले रु १० हजार २४ नगद प्राप्त गरिन् । प्रतियोगितामा २० बालबालिका सहभागी थिए ।

    विजयीलाई गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ र व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले पुरस्कार वितरण गरे ।

    प्रतियोगिता विभिन्न प्रतिस्पर्धीलाई विविध अवार्डबाट पुरस्कृत गरिएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उदघाटन गरेका थिए ।

    बालबालिकामा रहेको प्रतिभा प्रस्फुटनका लागि व्यास नगरले ‘साइनिङ स्टार’ को दशौ संस्करण आयोजना गरेको हो ।

    जेसीआइ व्यास नगरका अध्यक्ष नविन पुरीका अनुसार अडिसनबाट छनोट भएका २० जना बालबालिकाहरुलाई एक महिनासम्म विभिन्न विधाका प्रशिक्षण र तालिम प्रदान गरिएको थियो।

    प्रतियोगितामा बेस्ट पर्सनालिटी, बेस्ट वाल्क, बेस्ट फोटोजेनिक, बेस्ट ट्यालेन्ट, बेस्ट स्माईल, बेस्ट डे«स, बेस्ट अनुशासन, बेस्ट प्रोजेक्ट वर्क, बेस्ट भ्युवर च्वाईस र बेस्ट कन्ट्रिव्युसन गरी १० वटा विधागत अवार्डहरु प्रदान गरिएको छ ।

    बालबालिकाको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउँदै व्यक्तित्व र नेतृत्व विकास, शारीरिक तन्दुरुस्ती, कला संस्कृति लगायत विविध समसामयिक विषयको ज्ञान प्रदान गर्ने उद्धेश्य राखेर जेसीआई व्यास नगरले २०१३ देखि निरन्तर कार्यक्रम गर्दै आएको छ ।