ऑबुखैरेनी दुर्घटनामा एक जना बेपत्ता भएको खुल्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनी दुर्घटनामा एक जना बेपत्ता भएको खुल्यो

    खबरपुञ्ज संवाददाता

    ८ भाद्र २०८१, आईतवार

    दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनामा बेपत्ता एक जनाको खोजी कार्य जारी छ ।

    पोखराबाट काठमाडौतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खस्दा बेपत्ता भएका २२ वर्षीय गोकर्णी सन्दिप सरोदेको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए ।

    दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । घाइतेहरुको काठमाडौस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रनाउ रायले बताए ।

    बेपत्ता भएका सरोदेका बुबाआमाको सोही दुर्घटनामा परी मृत्यु भएको छ । प्रनाउ रायले भने, “घाइतेहरुले दिएको विवरणका आधारमा उनी फेला परेका छैनन् । उनको शनिबार पनि बस खसेको ठाउँ आसपास खोजी कार्य गरिएपनि फेला पर्न सकेनन् ।” सुरुमा बसमा ४३ यात्रु सवार रहेको भएपनि ४४ जना रहेको खुलेको छ ।

    दुर्घटनामा मृत्यु भएका २७ जनाको चितवनमा शनिबार शव परीक्षण गरिएको छ । त्यसमध्ये २५ जनाको शव विमानमार्फत् भारत लगिएको छ भने दुई जनाको गाडीमार्फत् शव लगिएको प्रहरीले जनाएको छ ।