मुग्लिन–ऑबुखैरेनी सडकखण्ड चार घण्टा अवरुद्ध हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    मुग्लिन–ऑबुखैरेनी सडकखण्ड चार घण्टा अवरुद्ध हुने

    खबरपुञ्ज संवाददाता

    ८ भाद्र २०८१, आईतवार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको ऑबुखैरेनी–मुग्लिन सडकखण्ड चार घण्टा अवरुद्ध हुने भएको छ । ऑबुखैरेनी–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको भारतीय बस दुर्घटना भएकामा उक्त बस निकाल्नका लागि भोलि सोमबार बिहान ६ः३० देखि चार घण्टा उक्त सडक अवरुद्ध हुन लागेको हो ।

    राजमार्गमा सवारीको चाप हुने भएकाले सडक बन्द गरी उक्त बस निकाल्न लागिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए । शनिबार क्रेनको सहायताबाट बस निकाल्ने प्रयास गरिएपनि दश मिटरमात्रै तानिएको उनकाे भनाइ छ ।

    उनले भने, “सडक बन्द नगर्दा काम गर्न अप्ठ्यारो हुने भएकाले चार घण्टा सवारी आवागमन रोकिनेछ ।“

    पोखराबाट काठमाडौतर्फ जॉदै गरेको बस नदीमा खस्दा २७ जनाको मृत्Þयु भएको थियो । दुर्घटनामा घाइते १६ जनाको काठमाडौस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बेपत्ता एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    यसैगरी सोही समयमा आँबुखेरेनी गाउँपालिका–४ साँखरमा पहिरो नियन्त्रणको काम भइरहेको र उक्त स्थानको सडक भित्ताका जोखिमपूर्ण ढुङ्गा फाल्ने काम गरिने सडक डिभिजन कार्यालय तनहुँले जनाएको छ । सो खण्डमा पनि सोही समयमा सडक अवरुद्ध हुने सडक डिभिजन कार्यालयका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए ।