प्रकाश तामाङले केही दिनमै नागरिकता पाउँछन् : प्रधानमन्त्री ओली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रकाश तामाङले केही दिनमै नागरिकता पाउँछन् : प्रधानमन्त्री ओली

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौं । विद्या चापागाईंको युट्यूब सिरज ‘हेर्ने कथा’ को सहयोगमा ३५ वर्षपछि आफ्नो परिवारसँग पुनर्मिलन भएका प्रकाश तामाङ (काले मोक्तान) ले केही दिनमा नै नागरिकता पाउने भएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले गृहसचिव एकनारायण अर्याललाई बोलाएर नागरिकताका लागि सहजिकरण गर्न निर्देशन दिइसकेको बताए ।

    उनले भने, ‘प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो । राति १० बजे गृहसचिव एकनारायण अर्याललाई बोलाएर दुई चार दिन भित्रमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनुभएको छ ।’

    नागरिकता भए प्रकाशको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरुले सहयोग गर्न मिल्ने भएकाले पनि यो आवश्यकता पूरा गर्नुपर्ने उनले बताए ।

    बुधबार विहानै सामाजिक सञ्जालमार्फत ओलीले नागरिकता प्राप्तगरिसकेपछि प्रकाशलाई सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने कुरा पनि भएको बताए ।