तनहुँमा जन्मिएका सिग्देल नेपाली सेनाकाे प्रधानसेनापति नियुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तनहुँमा जन्मिएका सिग्देल नेपाली सेनाकाे प्रधानसेनापति नियुक्त

    खबरपुञ्ज संवाददाता

    ११ भाद्र २०८१, बुधबार

    काठमाडौँ ऽ राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधानसेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देललाई यही भदौ २४ गतेदेखि लागू हुनेगरी नियुक्त गरेका छन् ।

    नेपालको संविधान बमोजिम राष्ट्रपतिले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्दै आएका सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गरेकाे राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    सिग्देलकाे जन्मथलाे तनहुँ हाे । पछि उनकाे परिवार भैरहवा बसाइसराइ गरेकाे थियाे ।