काठमाडौ । अमेरिकामा नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको पहिचान गर्दै त्यहाँको प्रहरीले तस्बिर सार्वजनिक गरेको छ।
अमेरिकाको ह्युस्टन प्रहरीले अभियुक्तको तस्बिर बुधबार सार्वजनिक गरेको हो। प्रहरीले तस्बिर सार्वजनिक गरे पनि अभियुक्तको पहिचान खुलाएको छैन। अमेरिकाबाट प्रकाशन हुँदै आएको नेपयोर्कअनलाइनमा उल्लेख भए अनुसार तस्बिर सार्वजनिक भए पनि अभियुक्तको अझै पहिचान खुल्न सकेको छैन।
अध्ययनका लागि अमेरिका पुगेकी पाण्डे सोमबार आफ्नै निवासमा हत्या गरिएको अवस्थामा फेला परेकी थिइन्। २१ वर्षीय पाण्डे टेक्सासस्थित ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन। उनीमाथि उनकै निवासमा गोली प्रहार भएको हो।