म्याग्देकी कर्मचारी कोठामा झुण्डिएको अवस्थामा मृत फेला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्देकी कर्मचारी कोठामा झुण्डिएको अवस्थामा मृत फेला

    खबरपुञ्ज संवाददाता

    १२ भाद्र २०८१, बिहीबार

    दमौली । तनहुँको म्याग्दे गाउँपालिकामा कार्यरत कर्मचारी मृत अवस्थामा फेला परेकी छन् । कृषि शाखामा कार्यरत महिला कर्मचारी आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी हुन्।

    म्याग्दे गाउँपालिका-४ घुम्तीमा भाडामा बस्दै आएकी बारा जिल्ला निवासी उनी झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । निजका परिवार आएपछि कोठा खोल्ने तयारी गरिएको छ ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    कृषि शाखा प्रमुखले बिहीबार बिहान फोन गर्दा फोन नउठेको र झ्यालबाट हेर्दा झुण्डिएको अवस्था देखिएको थियो । म्याग्देका सूचना अधिकारी श्रीराम खनालले भने, ‘फोन गर्दा नउठेपछि घरबेटीले ढोका ढकढकाउँदा खोलिनन् । झ्यालबाट हेर्दा झुण्डिएको अवस्थामा देखिएपछि प्रहरीलाई खबर गर्यौ ।’