डुम्रेमा लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डुम्रेमा लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन

    खबरपुञ्ज संवाददाता

    १२ भाद्र २०८१, बिहीबार

    दमौली। तनहुँको बन्दीपुर-१स्थित डुम्रेमा डेङ्गु रोग नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोजौ र नष्ट गरौं अभियान सञ्चालन गरिएको छ।

    बन्दीपुरमा डेङ्गु रोगको बिरामीहरू दिनदिनै बढ्दै गइरहेको पाइएपछि तनहुको बन्दीपुर गाउँपालिकाले डेङ्गु रोगको नियन्त्रण र रोकथामका लागि लामखुट्टेको लार्भा खोजौ र नष्ट गरौं अभियान सञ्चालन गरेको हो।

    जसअन्तर्गत तनहुँको व्यवसायिक केन्द्र डुम्रे बजारमा डेङ्गु रोग सम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम तथा सरसफाई कार्यक्रम सम्पन्न भएको थियो। बन्दीपुर वडा नं १ कार्यालयको आयोजनामा वडा नं १ का विभिन्न टोलमा येस्ता कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

    डुम्रे टोल विकास सस्थाको संयोजनमा भएको उक्त कार्यक्रममा तनहूँ उद्योग वाणिज्य संघ डुम्रे बज़ार इकाई, क्षेत्रीय होटल संघ डुम्रे बज़ार इकाई, डुम्रे सास्कृतिक एवं सामाजिक संरक्षण समिति,डूम्रे सास्कृतिक युवा क्लब,हरिहर महिला समूह,शिवालय आमा समूह,माछा मासू ब्याबसायी संघ डुम्रे लगायतको सहभागिता थियो ।

    कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष शिव कुमार श्रेष्ठले यो अभियानमा हामी सबैको भएको हुँदा सबैजनाले घर-घरदेखि सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताए ।