दमाैली । युवा अभियान्ता सुदीप गफ्फारकाे अभियानका लागि अमेरिकाबाट सहयाेग प्राप्त भएकाे छ ।
व्यास नगरपालिका-३ घर भइ हाल अमेरिकामा रहेका माेहन पन्तले गफ्फारकाे सामाजिक अभियानमा सघाएन रु पाँच हजार पाँच सहयाेग गरेका हुन् । गफ्फारकाे कामबाट प्रभावित भएर सहयाेग गरेकाे उनकाे भनाइ छ ।
उक्त रकम शुक्रबार सुरेश पुरीमार्फत् गफ्फारलाई हस्तान्तरण गरिएकाे छ । गफ्फारले यस सहयाेगले सामाजिक काम गर्न सहयाेग मिल्ने बताए ।
अमेरिकामै रहेका उमेश पण्डितले पनि केही दिन अगाडी मात्रै गफ्फारकाे अभियानलाई सघाउन आर्थिक सहयाेग गरेका थिए ।
बुल्दी-चुँदीखाेला सरसफाई, बिरामीलाई निशुल्क सवारी सुविधा, प्रशासनमा आउनेलाई निशुल्क खाना खुवाइसकेका उनले अब दमाैली बजारमा पानीका लागि घैटाे राख्ने कार्यक्रम अगाडी बढाउन लागेका छन् ।