जनताका अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री दाहाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जनताका अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री दाहाल

    खबरपुञ्ज संवाददाता

    १३ भाद्र २०८१, शुक्रबार

    दमाैली । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले जनताका आशा र अपेक्षा पूरा गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेकपा (एमाले) तनहुँ जिल्ला कमिटीले शुक्रबार यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटमा मन्त्री दाहालले नेपाली काङ्ग्रेस र नेकपा (एमाले) को संयुक्त सरकार गठन भएपछि जनतामा आशा बढेको उल्लेख गरे ।

    उनले भने, “अहिलेको गठबन्धनको सरकारमाझ जनताका अपेक्षा पूरा गर्नुपर्ने दायित्व छ । हामी त्यसमा प्रतिबद्ध छौ ।” मन्त्री दाहालले निराशा नभइ सकारात्म सोचका साथ अगाडी बढ्नुपर्ने बताए।

    मन्त्री दाहालले तनहुँ जिल्ला कमिटीबाट विभिन्न योजनामा माग भएको बजेटको सन्दर्भमा आफूले गर्न सक्ने योजनामा बजेट विनियोजन गराउने प्रतिबद्धता जनाए । उनले भने, “यो वर्षको बजेट विनियोजन भइसकेकाले बजेट परिमार्जन भए धेरै योजना सम्बोधन गर्ने र बजेट परिमार्जन नभए केही न केही सम्बोधन गर्ने प्रतिबद्धता जनाउँछु ।”

    फरक प्रसङ्गमा मन्त्री दाहालले पार्टीलाई व्यवस्थित र सुदृढ बनाउनुपर्ने बताए। नेकपा (एमाले) लाई देशको प्रमुख शक्तिको रुपमा निर्माण गर्न सबै कार्यकर्ता एकजुट हुनुपर्ने उनकाे भनाइ थियो ।

    सो अवसरमा नेकपा (एमाले) तनहुँका निवर्तमान अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र सचिव प्रदीपराज अधिकारीले जिल्लाका विभिन्न महत्वपूर्ण योजनामा बजेट विनियोजन गरिदिन माग गर्दै मन्त्री दाहाललाई मागपत्र बुझाएका थिए ।