फोहर व्यवस्थापनको अभियानमा सघाउन व्यास नगरप्रमुखको अपिल (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    फोहर व्यवस्थापनको अभियानमा सघाउन व्यास नगरप्रमुखको अपिल (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    १४ भाद्र २०८१, शनिबार

    दमाैली । तनहुँको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले फोहर व्यवस्थापनको अभियानमा सघाउन नगरवासीलाई आग्रह गरेका छन् । न्यौपानेले घरबाट फोहर राख्दा नै कुहिनेलाई छुट्टै र नकुहिनेलाई छुट्टै राखेर कुहिने फोहरलाई कुहिने गाडीमा र नकुहिने फोहरलाई नकुहिने गाडीमा राखेर सरसफाई तथा फोहर व्यवस्थापनको अभियानमा सहयोग गर्न आग्रह गरेका हुन् ।

    स्थापनाको ३२ वर्षसम्म पनि फोहरमैला व्यवस्थापन केन्द्र बनाउन नसक्नु कमजोरी भएको भन्दै न्यौपानेले भने, “हामीले दीर्घकालीन रुपमा यस व्यवस्थापनका लागि हामी जग्गा खरिदको प्रक्रिया अगाडि बढाइसकेका छौ ।”

    नगरपालिकाले सिसा, प्लाष्टिक, कागज जस्ता चिजहरु छुट्याएर त्यसलाई मेसिनले कम्प्रेस गरी केही आम्दानी समेत गरिसकेको उनले बताए । उनले भने, “विगतका ३२ वर्षमा व्यास नगरपालिकाले फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न बाँकी रहेको र अनेकौँ समस्या झेल्दै आएको विषय यहाँहरुलाई अवगतै छ । तर हामीले त्यसलाई सामना गर्दै कृष्ण भण्डारी जो फोहर व्यवस्थापनको विज्ञ हुनुहुन्छ र उहाँले धनगढी, वालिङ लगायतका क्षेत्रहरूमा सफलतापूर्वक फोहोर व्यवस्थापन तथा सेग्रीगेसनको काम उदाहरणीय रुपमा सम्पन्न गरिसक्नुभएको छ ।”