बन्दीपुर आएर राजेश हमालले भने – यहाँकाे सुन्दरताले सबैलाई लाेभ्याउछ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुर आएर राजेश हमालले भने – यहाँकाे सुन्दरताले सबैलाई लाेभ्याउछ

    खबरपुञ्ज संवाददाता

    १४ भाद्र २०८१, शनिबार

    दमाैली । महानायक राजेश हमालले बन्दीपुरकाे सुन्दरताले सबैलाई लाेभ्याउने बताएका छन् । बन्दीपुरमा शनिबारदेखि सुरु भएकाे तीज सप्ताहन्न उत्सवकाे उद्घाटन गर्दे हमालले बन्दीपुरले सबैलाई आकर्षित गर्ने बताए ।

    बन्दीपुर आफ्नाे लागि नयाँ ठाउँ नभएकाे बताउँदै उनले भने, ‘बन्दीपुरमा पहिला पनि आएकाे छु । तर बन्दीपुरमा प्रत्येक पटक आउँदा यसकाे आकर्षण बढिरहेकाे छ । बन्दीपुर मेराे लागि विशेष ठाउँ हाे । मेराे लागि मात्र नभएर नेपालीकाे लागि याे ठाउँले विशेषता ओगटेको छ ।’

    पर्यटकीय हिसाबले, धार्मिक हिसाबले बन्दीपुरले विशेष स्थान ओगटेको बताउँदै हमालले बन्दीपुरको महत्व संरक्षण गर्नुपर्नेमा जोड दिए। उनले भने, “यहाँको संस्कृति, रितीरिवाज, परम्परालाई जोगाइराख्न स्थानीयवासीको महत्वपूर्ण भूमिका रहन्छ ।” हमालले आधुनिकताको नाममा संस्कृति, रहसहनबाट भुल्दै जान थालिएकाले यसको जगेर्ना गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए।

    हमालले बन्दीपुरमा सञ्चालनमा आएको केबलकारले सबैलाई आकर्षित गरेको बताउँदै यस ठाउँको विकासका लागि यो सहयोगी बन्ने बताउनुभयो ।