पुस्तकालय दिवस तथा मोती जयन्तीमा पुस्तकालयको महत्वको चर्चा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पुस्तकालय दिवस तथा मोती जयन्तीमा पुस्तकालयको महत्वको चर्चा

    खबरपुञ्ज संवाददाता

    १४ भाद्र २०८१, शनिबार

    दमाैली । सत्रौ पुस्तकालय दिवस तथा मोतीजयन्तीको अवसरमा तनहुँको दमौलीमा पुस्तकालयको महत्वको चर्चा परिचर्चा तथा साहित्य वाचन गरिएको छ ।

    एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानको आयोजना र गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चको सहआयोजनामा पुस्तकालयको दिवसको महत्वका बारेमा चर्चा गरिएको हो ।

    कार्यक्रममा प्रगतिशिल लेखक सङ्घका अध्यक्ष एवं प्राज्ञ परिषद् सदस्य प्रा.डा. मधुसुधन गिरीले पढ्ने बानीको विकास गर्नुपर्ने बताए।

    एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानका अध्यक्ष विष्णुभक्त सिग्देलकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका संरक्षक पिएल श्रेष्ठ, नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य राजेन्द्रकेशरी न्यौपाने, नेकपा (एमाले) तनहुँका अध्यक्ष हरिराज कंडेल, नेपाली काङ्ग्रेसका जिल्ला सचिव लक्ष्मीभक्त खनाल, नेकपा (मसाल) का पुष्पलाल श्रेष्ठ, प्रतिष्ठानका सल्लाहकार श्रीराम कार्की लगायतले पुस्तकालय दिवसको बारेमा भनाइ राखेका थिए ।

    कार्यक्रममा ठाठोभाकाका विष्णुभक्त अधिकारी, साहित्यप्रेमी दिवाकर भट्टराई, शान्ता बास्तोला, कल्पना घिमिरे, सङ्गम सापकोटा, शोभासिंह ठकुरी, सञ्जिता पौडेल, गोपाल सुर्खाली, शिव सदाशङ्कर, कल्पना पौडेल लगायतले साहित्यवाचन गरेका थिए ।

    प्रतिष्ठानको पुस्तकालयमा आएर नियमित अध्ययन गर्नेमध्येबाट व्यास नगरपालिका–२ दमौली निवासी विष्णुप्रसाद वाग्लेलाई कार्यक्रममा सम्मान गरिएको थियो ।