घिरिङमा जिप दुर्घटना हुँदा तीन जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    घिरिङमा जिप दुर्घटना हुँदा तीन जना घाइते

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०८१, मंगलवार

    दमौली। मानपुर- डेडगाउँ सडक खण्डको पुर्कोट बरभन्ज्याङ्गमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन। तनहुँको घिरिङ गाउँपालिका – ४ वडा कार्यालय नजिक मंगलबार जिप दुर्घटना भएको हो।

    १२ जना यात्रु बोकेर भिमादबाट बुलिङ्गटार यात्रा गरेको ग १ ज ७४१० नम्बरको जिप ब्रेकफेल भई ढिस्कोमा ठोक्किन पुगेको जिपका सह-चालकले बताए। उनीहरुलाई वडा नं ४ का अध्यक्ष भिम बहादुर कुमाल, प्रहरीको टोली र स्थानीयहरुले उद्धार गरेका थिए।

    घाइते हुनेमा ऋषिङ्ग गाउँपालिका- ५ घर भएका २९ वर्षीय जिप चालक सोम कुमार श्रेष्ठ रहेका छन । उनको दायाँ हात भाँचिएको छ। यसैगरि बुलिङ्गटार गाउँपालिका – ३ स्वामिडाँडाका ४० वर्षीय तिला विकको पनि एउटा हात भाँचिएको छ भने उनको १९ वर्षीया छोरी अस्मिता विकको निधारमा चोट लागेको छ। उनीहरुलाई उपचारको लागि मेट्रोसिटी हस्पिटल पोखरा लगिएको पोखरीछाप प्रहरी प्रमुख प्रहरि सहायक निरिक्षक उमेश कुमार यादवले जानकारी दिए।