बन्दीपुर तीज सप्ताहन्न उत्सवमा २१ लाख खर्च
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुर तीज सप्ताहन्न उत्सवमा २१ लाख खर्च

    खबरपुञ्ज संवाददाता

    २४ भाद्र २०८१, मंगलवार

    दमौली । तनहुँको बन्दीपुरमा सम्पन्न तीज सप्ताहन्न उत्सवमा रु २१ लाख खर्च भएको छ । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडको आयोजनामा भदौ १५ देखि २२ गतेसम्म सञ्चालित उत्सवमा २१ लाख खर्च भएको जनाइएको छ । प्रतियोगितामा उत्कृष्ट हुनेलाई नगद रु तीन लाख ३६ हजार वितरण गरिएको छ ।

    उत्सवमा दश हजार व्यक्तिको सहभागिता गराउने लक्ष्य रहेकामा २१ हजार बढीको सहभागिता रहेको कार्यक्रम संयोजक किरण पोख्रेलले जानकारी दिए । बन्दीपुरको धार्मिक एवं सांस्कृतिक पक्ष प्रस्फुटन गराउने उद्देश्य सहित आयोजना गरेको यस उत्सवको संरक्षक बन्दीपुर गाउँपालिका, प्रमुख व्यवस्थापक एवं प्रायोजक बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेड, सह प्रयोजक गोरखा ब्रुअरी, बन्दीपुर ह्विस्की, प्रमुख पुरस्कार प्रायोजक चन्द्र निर्माण सेवा प्रा.लि., द्वितीय पुरस्कार प्रायोजक डिजाइन स्टेसन प्रा.लि., तृतीय पुरस्कार प्रायोजक बीज बजार लिमिटेड, चौथो पुरस्कार प्रायोजक केज कन्सल्टेन्ट प्रा.लि. रहेको थियो ।

    उत्सवको उद्घाटन महानायक राजेश हमालले गरेका थिए । प्रत्येक दिन विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई प्रमुख अतिथिको रूपमा अवलोकन गराइएको थियो ।

    प्रतियोगितामा प्रथम स्थान एकता मगर समाज म्याग्दे तनहुँले हासिल गरेको थियो भने द्वितीय स्थान बागलुङ जिल्लाको बागलुङ कालिका भजन कृर्तन सत्सङ्गले हासिल गरेको थियो । तृतीय स्थान तनहुँको भानु हरियाली प्राकृतिक कृषक महिला समूह र चौथो बन्दीपुरको केराबारी महिला समूहले हासिल गरेको सांस्कृतिक संयोजक डा. तुलसीराम खनालले जानकारी दिए ।