श्रमिक सहकारीको साधारण सभामा नगरप्रमुख न्यौपानेले भने – सहकारीप्रति विश्वास जगाउन आवश्यक छ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    श्रमिक सहकारीको साधारण सभामा नगरप्रमुख न्यौपानेले भने – सहकारीप्रति विश्वास जगाउन आवश्यक छ

    खबरपुञ्ज संवाददाता

    १३ आश्विन २०८१, सोमबार

    दमौली । व्यास नगरपालिका-२ स्थित श्रमिक बचत तथा ऋण सहकारी संस्थाको १३ औ साधारणसभा सोमबार सम्पन्न भएको छ ।

    साधारणसभाको उदघाटन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले केही सहकारीमा विकृति बढेकाले सहकारीको प्रतिष्ठा जोगाउन आवश्यक रहेको बताए । सहकारीमा अरबौका घोटाला घटना बढेकाले त्यसप्रति सचेत हुँदै सहकारीप्रति विश्वास जगाउनुपर्ने उनले बताए ।

    उनले व्यास नगरपालिकाले नगरभित्रका सहकारीको नियमनका लागि सूचीकृत गर्ने प्रकृया अगाडी बढाएको बताए । उनले भने, ‘सहकारीको लेखापरीक्षण, साधारणसभा नियमित छ की छैन भनेर नपाले अध्ययन गरिरहेको छ ।’

    राष्ट्रिय सहकारी बैंक सुजन श्रेष्ठले सहकारी सिद्धान्त अनुसार चल्नुपर्ने उल्लेख गरे ।

    सहकारीका पूर्व अध्यक्ष इन्द्र थापाले देशभर विभिन्न सहकारीमा समस्या आएपनि श्रमिक त्यसबाट टाढा रहेको बताए ।

    सहकारीका अध्यक्ष भीम गुरुङले आम श्रमिक वर्गलाई सहकारीमा आबद्ध गराउने बताउँदै सहकारीले शेयर सदस्यको हकहितका लागि काम गरिरहेको बताए ।

    सो अवसरमा उत्कृष्ट कारोबारकर्ता व्यास-२ का मन्सुर अहमदलाई सम्मान गरिएको थियो ।