तनहुँ क्रिकेट लिग सुरु : बैरेनी एक सय ७६ रनले विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    तनहुँ क्रिकेट लिग सुरु : बैरेनी एक सय ७६ रनले विजयी

    खबरपुञ्ज संवाददाता

    १६ आश्विन २०८१, बिहीबार

    दमाैली । दमौली क्रिकेट क्लवको आयोजनामा बिहीबारदेखि दमौलीमा तनहुँ क्रिकेट लिग सुरु भएको छ ।

    लिगको पहिलो खेलमा खैरेनीटार युवा क्लवलाई बैरेनी युवा क्लवले एक सय ७६ रनले पराजित गरेको छ । टस जितेर पहिले व्याटिङ रोजेको बैरेनीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय ३९ रन बनाएको थियो ।

    जवाफी व्याटिङमा उत्रिएको खैरेनीटारले १०.५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ६३ रनमात्रै बनायो । ४२ बलमा ८७ रनको विष्फोटक पारी खेलेका बैरेनी युवा क्लवका अब्दुल्लाह अन्सार म्यान अफ दि म्याच घोषित भएका छन् ।

    यस्तै दोस्रो खेलमा मनकामना युवा क्लव बिरुद्ध अकला क्रिकेट क्लव आँबुुखैरेनीले एक सय २१ रनको फराकिलो जित निकालेको छ । मनकामना युवा क्लवले टस जितेर पहिले अकला क्रिकेट क्लवलाई व्याटिङको निम्तो दिएको थियो ।

    अकला क्रिकेट क्लव निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय दुई रन बनाउन सफल भयो । जवाफी व्याटिङमा उत्रिएको मनकामना युवा क्लव १५.२ ओभरमा सम्पूर्र्ण विकेट गुमाउँदै ८१ रनमा सीमित भएको थियो ।

    लिगको दोस्रो दिन शुक्रबार दमौली राइभल्स र खैरेनीटार मिक्स्ड लेजेन्ड तथा दमौली क्रिकेट क्लव र अकला क्रिकेट क्लवबीच खेल हुने क्लवका आयोजक संस्थाका सागर घिमिरेले जानकारी दिए ।

    त्यस्तै शनिबार बैरेनी क्रिकेट क्लव र दमौली राइभल्स तथा मनकामना युवा क्लव र दमौली क्रिकेट क्लवबीच खेल हुने आयोजकले जनाएको छ ।