घुमाउनेको झोलुङ्गे पुलको मर्मत भोलिदेखि, प्राविधिक आइपुगे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    घुमाउनेको झोलुङ्गे पुलको मर्मत भोलिदेखि, प्राविधिक आइपुगे

    खबरपुञ्ज संवाददाता

    १९ आश्विन २०८१, आईतवार

    दमौली । त्रिशुली नदीमा गत असोज ११ गते आएको बाढीले जोखिममा परेको ऑबुखैरेनी-५ घुमाउनेको झोलुङ्गे पुलको भोलि सोमबारदेखि मर्मत सुरु गरिने भएको छ। चितवनको भरतपुर महानगरपालिका-२९ जोड्ने उक्त पुलको ऑबुखैरेनी गाउँपालिकाले मर्मत गर्न लागेको हो ।

    पुलको मर्मतका लागि प्राविधिक टोली काठमाडौबाट आइतबार आइपुगेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले खबरपुञ्जलाई जानकारी दिए । केही दिन अगाडीमात्र पुलको अनुगमन गर्दै चुमानले तत्काल पुल मर्मत गरिने प्रतिबद्धता जनाएका थिए।

    ऑबुखैरेनीको दक्षिणी भेगको नाकाको उक्त पुल जोखिममा परेपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ। दसैंमा सुरक्षित रुपमा आवतजावतको व्यवस्था मिलाउन पुलको मर्मत गर्न लागिएको हो ।

    गत असोज ११ र १२ गतेको वर्षा र त्यसपछि आएको बाढी पहिरोले गाउँपालिकाको ६ वटै वडा प्रभावित बनेको छ । जसले ग्रामीण सडक अवरुद्ध भएका छन् भने धान, मास खेतीमा क्षति हुनुका साथै घर जोखिममा परेको छ ।

    पालिकाले अधिकांश ग्रामीण सडक सुचारु गरिसकेको चुमानले जानकारी दिए । उनले भने, ‘विभिन्न ठाउँमा भएको क्षतिको तथ्यांक संकलन गरिरहेका छौ ।’