आँबुखैरेनीमा लागूऔषध सहित कास्कीका सुदीप पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा लागूऔषध सहित कास्कीका सुदीप पक्राउ

    खबरपुञ्ज संवाददाता

    २१ आश्विन २०८१, मंगलवार

    दमाैली । तनहुँकाे आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ८० क्यापसुल सहित एक जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की माछापुच्छ्रे गाउँपालिका-४ घर बताउने २४ वर्षीय सुदिप जिसी रहेका छन् ।

    अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काकडभिट्टाबाट पोखरातर्फ जाँदै गरेको प्र.१-०१-००१ ख ३५७८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।