जबरजस्ती करणी गरेकाे अभियाेगमा तनहुँमा दुई जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जबरजस्ती करणी गरेकाे अभियाेगमा तनहुँमा दुई जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    २२ आश्विन २०८१, बुधबार

    दमाैली । जबरजस्ती करणी गरेकाे अभियाेगमा तनहुँमा दुई जना पक्राउ परेका छन् । शुक्लागण्डकी नगरपालिका र व्यास नगरपालिकाका छुट्टाछुट्टै घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे हाे ।

    २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-१० लामिश्‍वारा आदर्श टोल बस्ने ४५ वर्षीय एक पुरुष पक्राउ परेका छन् । उनले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले पक्राउ गरेकाे हाे ।

    यस्तै ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ब्यास नगरपालिका-६ स्याम्घा घर भई सोही नगरपालिका-४ शितलटोल बस्ने ४३ वर्षीय एक पुरुष पक्राउ परेका छन् । उनले ती महिलालाई गत बुधबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।