मनकामना केबलकार भोलिदेखि तीन दिन बन्द हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मनकामना केबलकार भोलिदेखि तीन दिन बन्द हुने

    खबरपुञ्ज संवाददाता

    २७ आश्विन २०८१, सोमबार

    गाेरखा । मनकामना केबलकार तीन दिन बन्द हुने भएको छ। मर्मत सम्भारका लागि यही असोज २९ गतेदेखि आगामी कात्तिक १ गते बन्द गरिने भएको हो।

    मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि असोज २९, ३० र कात्तिक १ गतेसम्म तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।

    उनका अनुसार केबलकार कात्तिक २ गतेबाट नियमित सञ्चालनमा आउनेछ। यसअघि  विजया दशमीको दिन असोज २६ गते र  एकादशीको दिन २७ गते दुई दिन पनि केबलकार बन्द थियो। आज एक दिन भने केबलकार सञ्चालन गरिएको छ।