शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघः एशाेसिएट सदस्यमा वाग्ले सर्वसम्मत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघः एशाेसिएट सदस्यमा वाग्ले सर्वसम्मत

    खबरपुञ्ज संवाददाता

    २९ आश्विन २०८१, बुधबार

    दमाैली । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको एशाेसिएट सदस्यमा विपिन वाग्ले निर्वाचित भएका छन् । वाग्लेको विरुद्धमा कसैको पनि उम्मेदवारी नपरेपछि वाग्ले सर्वसम्मत निर्वाचित भएको निर्वाचन संयोजक भानुभक्त सुवेदीले जानकारी।

    वाग्ले डिजी लिंक नेटवर्क प्रालिका अध्यक्ष हुन् । विगत १० वर्षदेखि उनले इन्टरनेट व्यवसाय सञ्चालन गर्दै आएका छन् । मंगलबार विहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता भएको थियो ।

    कात्तिक ३ गते हुने अधिवेशनका लागि अध्यक्षमा समुन्द्रराम श्रेष्ठ र सुजित हिराचनले उम्मेदवारी दिएका छन् ।