थानीमाइमा कात्तिकको दोस्रो मङ्गलबार ३४ फूलको डोली भित्रियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    थानीमाइमा कात्तिकको दोस्रो मङ्गलबार ३४ फूलको डोली भित्रियो

    खबरपुञ्ज संवाददाता

    १२ कार्तिक २०८१, मंगलवार

    दमाैली । तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाइ मन्दिरमा कात्तिकको दोस्रो मङ्गलबार ३४ फूलको डोली भित्रिएको छ । थानीमाइ मन्दिरमा विभिन्न जिल्लाबाट आएका भक्तजनले ३४ फूलको डोली भित्र्याएका हुन् ।

    त्यसक्रममा दुई हजार सात सय ५० भक्तजनले मन्दिरमा पूजाआजा गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापा मगरले जानकारी दिए। त्यस्तै सोमबार राति दुई सय ५६ भक्तजनले रातभर बसेर बत्ती बालेको उनकाे भनाइ छ ।

    कात्तिकको पहिलो मङ्गलबार थानीमाइमा ६६ फूलको डोली भित्रिएको थियो । थानीमाइमा यो वर्षकै पहिलो पटक कात्तिकको दुई मङ्गलबार फूलको डोली भित्रिएको थियो ।