तनहुँको आबुँखैरेनीमा हाइस दुर्घटना, ११ जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    तनहुँको आबुँखैरेनीमा हाइस दुर्घटना, ११ जना घाइते

    खबरपुञ्ज संवाददाता

    १५ कार्तिक २०८३, आईतवार

    तनहुँ, १५ कात्तिक । तनहुँको आबुँखैरेनी गाउँपालिका–२ बरादीस्थित पृथ्वीराजमार्गमा हाइस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

    आइतबार साँझ करिब ७:१५ बजे मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको बा ४ ख ८४१९ नम्बरको हाइस चालकले नियन्त्रण गुमाउँदा सडक डाइभर्सनका लागि राखिएको सिमेन्टेड डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो।

    दुर्घटनामा हाइस चालक स्याङ्जाको पुतलीबजार नगरपालिका–१ निवासी ३७ वर्षीय भद्रबहादुर शाहसहित ११ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको अवस्था मध्यम र ४ जनाको अवस्था सामान्य रहेको छ।

    मध्यम अवस्था रहेका घाइतेमा कास्की पोखरा महानगरपालिका–७ मासबारका ६३ वर्षीया राधादेवी बराल र ७३ वर्षीय लिलाधर बराल, पर्साको सखुवा पर्सौनी गाउँपालिका–६ घर भई हाल बन्दीपुर–१ डुम्रे बस्ने ३५ वर्षीया सपना चौधरी, कास्की पोखरा–१३ माझपाटनका ७३ वर्षीया चुनकुमारी गुरुङ र ४९ वर्षीया राधा गुरुङ, महोत्तरी बलवा नगरपालिका–७ का ३६ वर्षीय रुपेश मिश्र तथा हाइस चालक भद्रबहादुर शाह रहेका छन्।

    त्यस्तै, पोखरा–१३ का ३७ वर्षीय राजकुमार श्रेष्ठ, बागलुङ बडिगाड गाउँपालिका–७ की २५ वर्षीया विपिना विक, तनहुँ व्यास नगरपालिका–१ का २३ वर्षीय विकास ठकुरी र बन्दीपुर गाउँपालिका–२ की २८ वर्षीया सिर्जना अछामीको अवस्था सामान्य रहेको छ।

    घाइते सबैलाई उपचारका लागि आबुँखैरेनी अस्पताल पठाइएको छ। दुर्घटनापछि सवारीसाधन घटनास्थलमै रहेको भए पनि सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ।