काठमाडौ । मेची-महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शनिबार ६ जनाकाे उद्धार गरिएकाे छ ।
‘यो पटककाे चाडपर्वमा कसैले बस्न नपराेस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा उद्धार
यात्रा सुरु भएकाे हाे । उद्धार यात्राका क्रममा शनिबार काठमाडौँ महानगरपालिका विभिन्न वडाबाट ४ जना, बुढानिलकण्ठ नगरपालिका-४ बाट १ जना र कागेश्वरी मनाेहरा नगरपालिका- ६ बाट १ जना गरि सडकअाश्रित मानवहरु उद्धार गरिएकाे हाे ।
शनिबार विभिन्न ठाउँबाट उद्धार भएका ५ जना पुरुष र १ जना महिलालाई मानवसेवा अाश्रम रानीवन सेवाकेन्द्रमा संरक्षणमा गृहप्रवेश गराइएकाे छ ।
असाेज २८ गतेबाट झापाकाे मेचीनगरदेखि सुरु भएकाे यात्रा २७ अाैँ दिन काठमाडौँमा अाइपुग्दा १९५ जना सडकअाश्रित मानवहरुकाे उद्धार गरिएकाे मानवसेवा अाश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्यूले बताउनुभएकाे छ । उद्धार हुनुभएका १५१ जना पुरुष र ४४ जना महिलाकाे सङ्ख्या मध्ये ५ बालिका र ४ बालक पनि रहेका छन् ।
राष्ट्रिय उद्धार टाेली शनिबार काठमाडौँमा सडकपेटी तथा सार्वजनिक स्थानमा रहनुभएका सहयाेगापेक्षी मानवहरुकाे उद्धार सेवामा खटिएकाे हाे ।
साथै मेची-महाकाली राष्ट्रिय उद्धार टाेली अाइतबार पनि काठमाडौँ उपत्यकाकाे उद्धार तथा सेवामा खटिनेछ ।