काठमाडौ । कालिकोटको पलाँता गाउँपालिका-३ स्थित राडुनेटामा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
पलाँताकै थिर्पुबाट आइरहेको कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको बोलेरो दुर्घटना परेको हो। दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कालिकोटका प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले बताए।
दुर्घटनामा घाइते यात्रुलाई हेलिकोप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल सुर्खेत लगिएको छ। सात जनालाई अस्पताल पु¥याइसकेको छ र बाँकी ६ जनालाई हेलिकोप्टरबाट लग्न लागिएको प्रहरी निरीक्षक चौधरीले बताए। बोलेरो अनियन्त्रित भएर सडकबाट तल खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। प्रहरी निरीक्षक चौधरीका अनुसार, बोलेरो झन्डै ३०० मिटर तल खसेको छ।